काठमाडौं, १५ फागुन । जापानले चन्द्रमामा अवतरण गराएको अन्तरिक्ष यानको ल्यान्डर चन्द्रमाको रात सकिएपछि पुनः जागेको छ । ऊर्जा प्रणालीमा समस्या आएकोले रात परेपछि काम नगर्ने सम्भावना रहेकोमा रात सकिएपछि पुनः सक्रिय भएको जापानी अन्तरिक्ष निकाय ९जाक्सा० लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चन्द्रमामा रात सकिएपछि ल्यान्डरलाई पृथ्वीबाट निर्देशन दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको जाक्साले जनाएको छ । चन्द्रमामा हुने एक रातको अवधि पृथ्वीमा दुई हप्ताजतिको हुन्छ । रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार र निकै चिसो हुने हुन्छ ।
यसअघि भारतले चन्द्रमामा अवतरण गराएको ल्यान्डरले रात परेपछि काम गर्न छाडेको थियो । जापानी अन्तरिक्ष निकाय ९जाक्सा० ले ल्यान्डरलाई चन्द्ररात्रिमा हुने कठोर अवस्था खप्ने गरी नबनाएको भए पनि पुनः काम गर्नु खुशीको कुरा भएको बताएको छ । बेलायतमा रहेको ओपन युनिभर्सटीका सिमिअन बार्बरले पनि चिसो चन्द्ररात्रिपछि ल्यान्डर पुनः सक्रिय भएको खबर अत्यन्तै महत्त्वपूर्ण रहेको बताएको बीबीसीले जनाएको छ । उहाँका अनुसार चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु ठूलो प्राविधिक चुनौती पार गर्नु रहेको उहाँको भनाइ छ ।।