वन संरक्षणमा चुनौति भएकाे सरोकारवालाको निश्कर्ष

तुलसीपुर, १५ फागनु । सामुदायिक वन संरक्षणमा चुनौति रहेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । आज तुलसीपुरमा आयोजना गरिएको सामुदायिक वन समूहरुका सवाल, चुनौति र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । दिनप्रतिदिन बढ्दो वन अतिक्रमण,सिमा विवाद, झन्झटिलो कानुनी प्रक्रिया, सामुदायिक वन व्यवस्थापनका लागी आवश्यक पर्ने पर्याप्त जानकारीको तथा सचेतनामुलक कार्यक्रमको अभाव, लगाएत कारणले वन संरक्षणमा चुनौति थपिएको बताएका थिए ।

यस्तै सुकेका,ढलेका रुखहरु समेत काट्न तथा बेच्न नपाईने कानुनका कारण र आम्दानीका स्रोत समेत न्युन हुने भएकाले अझ समस्या हुने गरेको गुनासो गरेका थिए । यसैविच कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाले वन संरक्षणमा सबैको दायित्व हुने बताउनुभयो । संघिय कानुन बाधक बन्दा कसैले चाहेर पनि वन ऐन बनाउन नसक्ने   बताउनुभयो । सो अवसरमा सामुदायिक वनको वन व्यवस्थापन र कटानछपान कार्यको अख्तियारी सव डिभिजन वनलाई दिनुपर्ने माग गर्दै  लुम्बिनी प्रदेश वन मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय समेत गरिएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महसंघ नेपाल, स्थानीय महासंघ तुलसीपुरको आयोजनामा भएको कार्यक्रमा तुलसीपुर रहेका सामुदायिक वनका अध्यक्ष,प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो भने संघका अध्यक्ष खेमलाल महतराले आधारपत्र प्रस्तुत गर्नभएको थियो । सो अवसरमा सामुदाकिय वन महासघ दाङका सचिव राधा विष्ट, नगर वन महासंघका सल्लाहकार नन्दराम रोका क्षेत्री, मोहन सम्शेर थापा, अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका कार्यक्रम संयोजक विद्याराज कँडेल, वन महासंघका नगर उपाध्यक्ष 

Leave a Reply

Your email address will not be published. Required fields are marked *