जन्मदिनको अवसर मा विद्यार्थी लाई कापी कल युवा नेता बिक

कालीकाेट: कालिकोट जिल्ला सान्नी त्रिवेणि गाउपालिका वडा न. १ मा जन्मिएका समाजसेवि युवाहरुको आशा लाग्दो ब्यक्ति भरत बिक ले आफ्नो जन्म दिनको अवसरमा आफ्नै वडा को बिधालय जहाँ आफैले अध्यन गर्नुभयको थियो त्यसै बिधालयका बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गर्नु भयको छ ।
सान्नित्रिवेणी गाउपालिकाका कार्यपालिका सदस्य समेत रहनु भयका बिकले जन्म दिनकाे अबसरमा शंकर माध्यमिक बिधालयका करिब 250 जना बिद्यार्थी लाई कापी र कलम बितरण गरेका हुन् ।
बुधबार एक कार्यक्रमका विच शैक्षिक सामाग्री बितरण गर्दै बिकले जन्म दिनमा हुने फजुल खर्चलाई कम गरि शैक्षिक क्षेत्रको सहयोगका लागी आफुले बर्षेनि जन्म दिनको अवसरमा बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गर्ने बताउनु भयो ।
सान्नित्रिवेणी गाउपालिका-१ घर भएका बिकले, गरिब, जेहेन्दार लगाएत २५० जना बढि विद्यार्थीहरुलाई कापि र कलम लगाएतका शैक्षिक सामग्री वितरण गरेका हुन ।
आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा विधालयले धन्यवाद दिएकाे थियाे । बिक एक यस्तो युवा नेता हुनुहुन्छ जस्ले ब्यक्तिगत खुसिलाइ पर राखेर गाउँ समाज लाई जोड दिनुहुन्छ । जस्ले गर्दा समाजका हरेक जन्ताले खुसी ब्यक्त गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *