नेपालले आज फाइनल खेल्दै

काठमाडौं । चार देश सम्मिलित टी-ट्वेन्टी सिरिजको फाइनलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ ।

हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो । 

हङकङले ‌९ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको थियो । नेपाल तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा पुगेको हो । कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *